नेकपा एसको महाधिवेशन: व्यवस्थापनको जिम्मा अध्यक्ष नेपाललाई, अतिथि सत्कार संयोजकमा खनाल
lokaantar.com
नेकपा (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गते सम्म हुने महाधिवेशन सम्पन्न गर्न विभिन्न १३ वटा समिति गठन गरेको छ । महाधिवेशन व्यवस्थापन समितिको संयोजकमा अध्यक्ष माधवकुमार नेपाल र अतिथि सत्कार समितिको संयोजकमा झलनाथ खनाललाई जिम्मेवारी दिइएको छ ।
प्रतिनिधि व्यवस्थापन समितिमा वेदुराम भुसाल, अर्थ परिचालनमा प्रमेश हमाल, संस्कृति तथा कला साहित्य समितिमा रामचन्द्र झा, जनपरिचालन तथा यातायात समितिमा विजय पौडेल, प्रचार–प्रसार समितिमा जगन्नाथ खतिवडा, र स्वास्थ्य समितिको जिम्मेवारी नागेन्द्र चौधरीलाई दिइएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)