मस्कले दिए ट्विटरलाई सम्झौता फिर्ता लिने धम्की
baahrakhari.com · Mon Jun 06 17:20:00 GMT 2022
वासिङटन । विश्वका सबैभन्दा धनाढ्य अर्बपति एलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने आफ्नो योजना फिर्ता लिने धम्की दिएका छन् । उनले सामाजिक सञ्जाल कम्पनीले आफूले यसको प्रयोगकर्ताको आधारबारे थप जानकारी लिनका लागि गरेको अनुरोधलाई निराश पारेको आरोप लगाएका छन् ।
नियामकहरू समक्ष पेस गरिएको एक पत्रमा मस्कले स्पाम खाताहरू आफैँले मापन गर्ने आफूसँग अधिकार रहेको उल्लेख गरेका छन् । अर्को सूचना जारी नहुन्जेल आफ्नो ट्विटर किन्ने सम्झौतालाई थाति थाती राख्ने मस्कको घोषणा पछि हप्तौँ सम्म बढेको विवादलाई यस पत्रले औपचारिक बनाइदिएको छ । तर ट्विटरले आफ्ना अनुमानहरूको रक्षा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)