लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक निर्माण गर्नु नेपाली सार्वभौमिकताको विरुद्ध हो : राप्रपा
Ujyaaloonline.com · Sat Jan 15 09:31:12 GMT 2022
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक निर्माण गर्नु नेपाली सार्वभौमिकताको विरुद्धमा भएको जनाएको छ । राप्रपाले आज एक विज्ञप्ति निकालेर नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारेमा दिएको अभिव्यक्ति गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा भएको जनाएको हो ।
कालापानी लिपुलेक नेपाली भूमि भएकाले आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्नेमा राप्रपाले जोड दिएको छ । भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा पनि नेपाल सरकार र सत्तारूढ गठबन्धनको मौनता दुःखद र रहस्यमय भएको राप्रपाको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)