मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

पिएचपिका दुई गम्भीर साइबर सुरक्षा कमजोरीबारे अमेरिकी निकायको चेतावनी

ratopati.com · Thu Oct 22 04:15:00 GMT 2026

काठमाडाैँ । अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) र संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले वेबसाइट तथा वेब एप्लिकेसन सञ्चालनमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पिएचपिमा भेटिएका दुई गम्भीर सुरक्षा कमजोरीबारे चेतावनी दिएका छन् । ती कमजोरीको दुरुपयोग गरेर साइबर आक्रमणकारीले टाढैबाट प्रणालीमा हानिकारक कोड चलाउन सक्ने र संवेदनशील तथ्याङ्क तथा कम्प्युटर नेटवर्कमा पहुँच प्राप्त गर्न सक्ने जोखिम रहेको उनीहरूले बताएका छन् ।

एफबीआईको साइबर डिभिजनले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको पोस्टअनुसार यी कमजोरीलाई सिभिई–२०२६–१०९६१८ र सिभिई–२०२६–१०९६१९ नाम दिइएको छ । पिएचपिका मुख्य संरचनामा रहेका यी कमजोरीले वेबसाइट तथा वेब एप्लिकेसनको सुरक्षामा गम्भीर जोखिम निम्त्याउन सक्ने जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)