सिरानडाँडामा रोटे पिङको रौनक [तस्बिरहरू]
hamrakura.com · Thu Oct 22 00:00:00 GMT 2026

गोरखा । बडादशैँको प्रमुख दिन टीका लगाएपछि गोरखाको अजिरकोट गाउँपालिका–सिरानडाँडाका स्थानीय रोटे पिङमा रमाएका छन् । दशैँको अवसरमा परम्परागत रूपमा बनाइएको रोटे पिङ खेल्न स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो।
सिरानडाँडामा स्थानीय मात्र नभई आसपासका अन्य गाउँबाट समेत पिङ खेल्न आउनेहरूको घुइँचो लागेको थियो। दशैँमा आफन्त तथा परिवारका सदस्यसँग टीका र आशीर्वाद साटासाट गरेपछि पिङ खेलेर रमाइलो गर्ने नेपाली परम्परालाई सिरानडाँडाका स्थानीयले पनि निरन्तरता दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)