जिल्ला सभाद्वारा ४५ वटा बस्तीलाई स्थानान्तरण गर्न माग
deshsanchar.com · Wed Apr 23 17:15:53 GMT 2025

हुम्ला – जिल्ला समन्वय समितिको आठाँै जिल्ला सभाद्वारा जिल्लाभित्रको सात वटै गाउँपालिकाका ४५ वटा बस्तीलाई स्थानान्तरणको माग गरिएको छ। बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै सभाले त्यस्ता बस्तीलाई एकीकृत बस्ती विकास कार्यक्रमका लागि स्थानान्तरणको माग गरिएको हो।
जिल्ला विपद ब्यवस्थापन समितिको सिफारिसअनुसार जिल्ला सभाले जिल्लाभित्रका ४५ वटा बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका कारण एकीकृत बस्ती विकास कार्यक्रममा समावेश गरी त्यसलाई स्थानान्तरणको ब्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)