कारागारमा ‘कामचलाउ’ डाक्टर
annapurnapost.com · Fri Jul 28 00:51:10 GMT 2023
१००० बढी कैदीबन्दी परिरहन्छन् बिरामी, बिरामी परे ३० किलोमिटर टाढा सदरमुकाम लगेर उपचार गर्नुपर्ने बाध्यता।
हेटौंडा : मकवानपुरको भीमफेदीस्थित भीमफेदी कारागारमा १ हजार ७४ कैदीबन्दी छन्। उनीहरू बिरामी परिरन्छन्। अझै यो समस्या जाडोमा भन्दा गर्मीमा बढी हुन्छ। तर, उनीहरूले समयमा उपचार पाउँदैनन्। स्वास्थ्यमा समस्या आएर परीक्षण वा उपचार गर्नुपरे ३० किलोमिटर टाढा सदरमुकाम लगेर उपचार गराउनुपर्ने बाध्यता छ। तर, यसको विकल्पमा दुई कैदीबन्दीबाटै कारागारभित्र सामान्य उपचार र स्वास्थ्य परीक्षण गराइन्छ। ‘कामचलाउ’ डाक्टर चयन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)