मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु

annapurnapost.com · Thu Oct 22 05:10:03 GMT 2026

झापा: झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान ४:१० बजे बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा बिर्तामोड नगरपालिका–४ निवासी रवि राजवंशीले सञ्चालन गरेको बडी ग्यारेज (ठूला सवारीसाधन मर्मत केन्द्र)को क्यान्टिनमा आगलागी भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)