हैदराबदलाई हराउँदै मुम्बई तेस्रो स्थानमा
onlinekhabar.com · Wed Apr 23 17:31:33 GMT 2025
१० वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पाँचौं जित निकालेको छ । बुधबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै मुम्बई तेस्रो स्थानमा उक्लिएको छ ।
हैदराबादले दिएको १४४ रनको लक्ष्य मुम्बईले ४.२ ओभर बाँकी छँदै ३ विकेट मात्र गुमाएर भेटायो । रोहित शर्माले ७० रन बनाए भने सुर्यकुमार यादव ४० रनमा अविजित रहे । हैदराबादका जीशान अन्सारी, इशान मलिंगा र जयदेव उनादकटले १-१ विकेट हात पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)