रौतहटलाई स्तब्ध पार्दै एपीएफ लुम्बिनी कप महिला फुटबलको फाइनलमा
baahrakhari.com · Wed Apr 23 17:34:00 GMT 2025
काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रौतहट फुटबलको टोलीलाई ३–० गोल अन्तरले स्तब्ध पार्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाप सकिँदासम्म दुवै टिमबाट गोल हुन सकेन । एपीएफको तर्फबाट दोस्रो हाफको ७३औँ मिनेटमा अनिता केसीले गोल गरिन् । ८०औँ मिनेटमा एपीएफकै निशा ठोकर र ९०औँ मिनेटमा सविता रानामगरले एक–एक गोल थपे । थप गरिएको तीन मिनेटको अतिरिक्त समयमा पनि रौतहटले कुनै गोल गर्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)