मुक्तान थेबाको ‘मासिन्या’ कृति सार्वजनिक
ekantipur.com · Sun Jun 26 16:41:48 GMT 2022
काठमाडौँ — कवि मुक्तान थेबाको कवितासंग्रह ‘मासिन्या’ सार्वजनिक भएको छ । काठमाडौं नयाँबजार खुशिबुस्थित थेबाला बुक्स विथ कफि क्याफेमा शनिबार आयोजित कार्यक्रममा कवि थेबाका आस्याङआङी (मामामाइजु) रत्नमान र असलीमाया तामाङले कवितासंग्रह लोकार्पण गरेका हुन् ।
त्यसक्रममा मानवशास्त्री मुक्तसिंह तामाङ, स्रष्टाहरु भूपाल राई, प्रणिका कोयु, उज्ज्वल प्रसाईं, गुरुङ सुशान्त, फूलकुमार बोम्जनलगायत उपस्थित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)