बिर्तामोडको बडी ग्यारेजमा आगलागी : तीन लाखको क्षति
kalakarmi.com · Thu Oct 22 05:57:39 GMT 2026

झापा- झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीबाट भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन् भने एक जनाको जलेर मृत्यु भएको छ । बिहिवार बिहान करिब ४ः१० बजे भएको आगलागीमा परी क्यान्टिनमा काम गर्ने ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)