सुदूरपश्चिम प्रदेशसभा दलको नेताबाट चौधरीलाई हटाएर खुशीराम थारुलाई बनाउने निर्णय
barnanmedia.com · Tue Jul 16 22:25:24 UTC 2024

मन्त्री हुनासाथ पहिला प्रहरी हेडक्वार्टर जाने देश नेपाल मात्रै । पहिला मन्त्रालयमा राम्रोसँग काम बुझ्ने, सवै अध्ययन गर्ने गरे हुन्छ नि । सवैलाई सलाम खान हतार । अहिलेसम्म एकजना मन्त्रीले पनि गृह राम्रोसँग चलाको छैन ।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभा दलको नेताबाट घनश्याम चौधरीलाई हटाएको छ । संसदीय दलको बैठकले खुशीराम डगौरा थारुलाई दलको नेता बनाउने निर्णय गरेको छ । प्रदेशसभामा नाउपामा सात सदस्य छन् । तीमध्ये बहुमत पुगेपछि चार सदस्यको बैठकले उक्त निर्णय गरेको हो । घनश्यामले पार्टीभित्र एकलौटी निर्णय गर्दै प्रतिशोधको भावना साँध्ने प्रवृति देखाएपछि दलको नेताबाट हटाइएको प्रदेशसभा सदस्य कैलाश चौधरीले जानकारी दिए । उनका अनुसार बैठकमा आफूसहित लक्ष्मणकिशोर चौधरी, खुशीराम डगौरा थारु र टीका थापा उपस्थित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)