माओवादी केन्द्रले बुधबार बिहान बोलायो संसदीय दलको बैठक
thahakhabar.com
काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले बुधबार बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ। बुधबार दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रले आफ्नो संसदीय दलको बैठक डाकेको हो।
पाँचदलीय सत्तारूढ गठबन्धनमा सहभागी माओवादी केन्द्रको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। त्यसअघि माओवादीले समसामयिक राजनीतिक विषय आफ्ना सांसदलाई जानकारी दिन बैठक बोलाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)