प्रशिक्षक एनिस भन्छन् : माथिल्लो स्तरमा खेल्न धेरै तयारी आवश्यक
ekantipur.com · Fri Nov 17 01:51:53 GMT 2023
काठमाडौँ — राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले माथिल्लो स्तरमा खेल्न नेपाललाई अझ धेरै तयारी आवश्यक रहेको बताएका छन् । एसियाली विश्वकप छनोट दोस्रो चरणको बिहीबार भएको खेलमा नेपाल यूएईको हातबाट ४–० ले पराजित भएको थियो ।
नेपालले चारै गोल पहिलो हाफमा खाएको थियो । दोस्रो हाफमा भने नेपालको प्रदर्शन सुधारिएको रह्यो । ‘यूएई जस्तो बलियो टिमको सामना गर्न अगाडि तयारी अझ धेरै राम्रो चाहिन्छ । विशेषतः अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल धेरै चाहिने हुन्छ ।’ उनले शारीरिक रूपमा नेपालका लागि खेलाडी यूएईका तुलनामा केही पछाडि रहेको पनि स्विकारे । हारका बावजुत उनले नेपाली टिमको प्रदर्शनमा गर्व नै रहेको पनि बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)