मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालिका बनिन् एक दिनको अध्यक्ष

annapurnapost.com · Wed Sep 15 07:03:00 GMT 2021

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिकामा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एक दिनका लागि अध्यक्ष बनाइएको छ। ५७औं राष्ट्रिय बालदिवसको अवसर पारेर मंगलबार उक्त जिम्मेवारी दिएको हो।

स्थानीय सरकारका काम कारबाहीका बारेमा बालबालिकालाई जानकारी दिने उद्देश्यले एक दिनको अध्यक्ष बनाएका हौं,’ प्रमुख प्रशासकीय अधिकृत डम्बरुबल्लभ बरालले भने, ‘उनीहरूले स्थानीय तहलाई कसरी लिएका छन् र कसरी बुझेका छन् भन्ने स्पष्ट हुन पनि पालिकाले नौलो अभ्यास गरे हो।’ गाउँपालिकाले सुस्मितालाई प्रमाणपत्र दिएर अध्यक्षको पदभार ग्रहण गराएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)