नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षारोपण
kendrabindu.com · Thu Oct 22 06:45:10 GMT 2026

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न तटीय क्षेत्रमा पाँच हजार बिरुवा रोपिएको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुर, दातृ निकाय र स्थानीयको जनश्रमदानमा बाढीले क्षति गरेको जग्गा संरक्षण गरेर वृक्षरोपण गरिएको हो । मछेली सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर महताले नदीको बगरमा विभिन्न प्रजातिका छ हजार बोट बिरुवा वृक्षरोपण गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)