राकेशभक्त पौडेल हत्या प्रकरण : १९ दिन बितिसक्दा वास्तविकता बाहिर आउन सकेन
ratopati.com
बाराको जीतपुर सिमरा उपमहानगरपालिका ६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या घटनामा प्रहरीको अनुसन्धान फितलो भएको भन्दै मृतक परिवारले गुनासो गरेका छन् । स्थानीय तह निर्वाचनको अघिल्लो दिन वैशाख २९ गते राती छिमेकी चित्रबहादुर केसीको घरमा पौडेलको हत्या भएको थियो । सुरुमा पौडेलको घरको छतबाट लडेर मृत्यु भएको भनिए पनि शव परीक्षण गर्दा टाउकोको पछाडि भागमा धारिलो हतियार प्रयोग भएको भेटिएपछि घटना शङ्कास्पद देखिएको हो ।
घटना भएको १९ दिन बितिसक्दा पनि प्रहरी प्रशासनले वास्तविकता भने अझै सार्वजनिक गर्न सकेको छैन । पछिल्लो समय चौतर्फी रूपमा दबाब सिर्जना भए पनि इलाका प्रहरी कार्यालय सिमराले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ईप्रका सिमराका अनुसार जीतपुर सिमरा वडा नं ६ का चित्रबहादुर खत्री, एक १६ वर्षीया किशोरी, वडा ३ का खगेन्द्र थापा (चित्रबहादुरका भतिज), सन्तोष खत्री (चित्रबहादुरका ज्वाइँ), उद्धव अधिकारी, वडा २ का केबी भनिने खगेन्द्र रिजाल गरी ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)