टुलुजले जित्यो फ्रेन्चकप
ekantipur.com · Sun Apr 30 00:38:27 GMT 2023
काठमाडौँ — टुलुजले क्लब इतिहासमै पहिलो ठूलो उपाधिका रूपमा शनिबार फ्रेन्चकप जितेको छ । उसले फाइनलमा नेन्ट्सलाई सजिलै ५–१ ले हरायो । टुलुजका लागि लोगान कोस्टा र थिज्स डालिन्गाले दुई/दुई गोल गरे ।
गत वर्ष मात्रै फ्रान्सेली माथिल्लो डिभिजनमा उक्लेको टुलुजले क्लब इतिहासले ठूलो उपाधि जितेको यो पहिलो पल्ट हो । यस्तै फ्रेन्चकपको फाइनलमा जितको अन्तर यति धेरै भएको पनि पहिलो पल्ट हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)