पर्यटक बने रारामा शिक्षक
ekantipur.com · Wed Sep 29 01:07:50 GMT 2021
मुगु — रारा घुम्न आएका बेला एक जना विदेशी श्रीनगरस्थित नेपाल राष्ट्रिय मीन आधारभूत विद्यालयमा पसे । दुई वर्ष भयो, अमेरिकाको ओरेगन राज्यका ४१ वर्षीय इलाइहुँ डेललाई विद्यार्थीको मायाले तानिरहेको छ । छायानाथ रारा नगरपालिकामा रहेको विद्यालयमा उनले हाल निःशुल्क पढाइरहेका छन् ।
कक्षामा पढाउने काम त छँदै छ, कक्षा नचलेका बेला उनी घर दैलोमै पुगेर बालबालिकालाई अंग्रेजी सिकाउँछन् । आठ वर्षअघि नेपाल पसेका उनी जन्मथलो फर्किएका छैनन् । त्यसयता डेलले चार वर्ष काठमाडौंमा बिताए भने दुई वर्ष जुम्लामा । रारा घुम्न आएका बेला विद्यालयमा पसेर उनले बालबालिकासँग कुराकानी गरेका थिए । उनीहरूले अंग्रेजी सिक्ने चाहना भए पनि राम्रोसँग पढाउन सक्ने शिक्षक नभएको बताएपछि डेल मुगुमै बस्ने निर्णयमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)