जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदी पक्राउ
annapurnapost.com · Thu Oct 22 07:44:18 GMT 2026

काठमाडौं : जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका-६, धर्मस्थली बस्ने ४६ वर्षीय चन्द्र दमाई केसी हुन्।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार, जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका उनी गत वर्ष भदौ २५ गते जेनजी आन्दोलनका क्रममा फरार भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)