अमेरिकामा नेपालीहरुको राष्ट्रिय सम्मेलन हुँदै
dcnepal.com · Sun Mar 13 16:28:09 GMT 2022
वाशिंगटन डिसी । अमेरिकामा बसेका नेपालीहरुको राष्ट्रिय सम्मेलन टेक्सासको ड्यालस शहरमा हुने भएको छ । एसोसिएसन अफ नेप्लिज इन अमेरिका (ए.एन.ए.) को अगुवाइमा सो सम्मेलन हुन लागेको हो । एएनएका अध्यक्ष विजयराज भट्टराईका अनुसार जुलाई २ र ३ मा नेपाली समाज टेक्सासको होष्टमा सो सम्मेलन आयोजना हुन लागेको हो ।
मार्च १२ शनिवार यसबारे पत्रकार तथा सामाजिक संघ संस्थाहरुलाई जानकारी दिन राखिएको कार्यक्रममा सम्मेलनका चेयर तथा ए.एन.ए. का अध्यक्ष विजयराज भट्टराई र नेपाली समाज टेक्सास (एन. एस. टी.) का अध्यक्ष तथा कन्भेनर राजेन्द्र वाग्लेले कार्यक्रमको बिस्तृत जानकारी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)