अमेरिकाले ‘सबै बमकी आमा’ प्रहार गरे त्यसको जवाफमा ‘सबै बमका पिता’ ले दिने इरानको चेतावनी
bishowkhabar.com · Thu Oct 22 07:53:37 GMT 2026

काठमाडौं- अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी गरिरहेका बेला तेहरानले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । ‘द न्युयोर्क टाइम्स’ का अनुसार अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधार, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरी छोटो तर तीव्र सैन्य कारबाहीको योजना बनाएका छन् ।
इरानी रिभोलुसनरी गार्ड कर्पस्का प्रवक्ता हुसेन मोहेबीले अमेरिकासँग ‘सबै बमकी आमा’ भनिने शक्तिशाली बम रहेको उल्लेख गर्दै इरानले त्यसको जवाफमा ‘सबै बमका पिता’ देखाउने चेतावनी दिएका छन् । तर इरानले उक्त हतियारको स्वरूप र क्षमताबारे खुलाएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)