कोशीमा नेतृत्वको मौका हेर्दै राप्रपा
ekantipur.com · Thu Sep 14 16:55:26 GMT 2023
काठमाडौँ — अस्थिर राजनीतिको भुमरीमा फसेको कोशी प्रदेशमा राप्रपाले स्थिरताका लागि सरकारको नेतृत्व दाबी गर्ने रणनीति बनाएको छ । हाल कोशीमा एमाले नेता हिक्मतकुमार कार्की अल्पमतको मुख्यमन्त्री रहेका छन् । अहिलेकै राजनीतिक समीकरण कायम रहे उनले संसद्बाट विश्वासको मत पाउन सक्ने अवस्था छैन ।
त्यसैले कार्कीपछिको सत्ता समीकरणमा राप्रपाले मुख्यमन्त्रीमा दाबी गर्ने रणनीति बनाएको हो । सर्वोच्च अदालतको परमादेशबाट भदौ २२ मा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत सिद्ध गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)