मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेरुत प्रदर्शनमा गोली लागेर कम्तीमा छ को मृत्यु, ३२ घाइते

hamrakura.com · Fri Oct 15 00:00:00 GMT 2021

काठमाडौं । लेबननको राजधानी बेरुतमा भएको प्रदर्शनमा हानिएको गोली लागेर कम्तीमा ६ जनाको मृत्यु भएको छ । शिया मुस्लिम समूहका हिज्बुल्लाह र अमाल नामक संगठनका समर्थकले गरेको प्रदर्शनमा हानिएको गोली लागेर उनीहरुको ज्यान गएको हो । घटनामा ३२ जना घाइते भएको बीबीसीले लेखेको छ ।

घाइतेमध्ये थुप्रै गम्भीर रहेकाले मर्नेको संख्या बढ्न सक्ने जनाइएको छ । गत वर्ष बेरुतको बन्दरगाहमा गराइएको भयानक विष्फोटको जाँच गरिरहेका न्यायाधीशको विरोधमा उक्त विरोध प्रदर्शन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)