मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

kendrabindu.com · Thu Oct 22 08:38:34 GMT 2026

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेकी छन्। चीनको हपवेई प्रदेशस्थित स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने सम्मेलनमा उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मूल विषयवस्तु रहेको उक्त सम्मेलनमा विश्वव्यापी शासन प्रणाली, अन्तर्राष्ट्रिय सहकार्य तथा समसामयिक विश्व चुनौतीका विषयमा छलफल हुने बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)