राष्ट्रिय सुरक्षा हाम्रो सरोकार
rajdhanidaily.com · Tue Nov 09 23:16:53 GMT 2021
मातृभूमि, हाम्रो प्राकृतिक सुरन्दरता, बहुसंस्कृतिबीच एकता तथा बहादुर गोरखाली हाम्रो राष्ट्रिय पहिचान हो । विश्वको जुनसुकै मुलुकमा पुगे पनि हामी नेपालीलाई चिनाउने प्रमुख आधार यिनै हुन् । बिरानो मुलुकमा वीर गोरखालीको नामले चिनिँदा हाम्रो गौरव बढ्छ । विदेशीको अधिनस्थ बन्नु नपरेको मुलुकका स्वाभिमानी नागरिकको रूपमा अरूबाटै परिचित हुँदा हाम्रो शिर सगरमाथा जस्तै उच्च हुन्छ । गर्वको हाम्रो छाती फुल्छ । यही पृष्ठभूमिमा हुर्कंदै आएका हामी नेपालीकै मातृभूमि अहिले छिमेकीबाटै अतिक्रमित भएको टुलुटुलु हेर्न हामी बाध्य भएका छौं । बदनियतपूर्ण दृष्टिले नेपाल प्रवेश गर्न खोज्ने विदेशीलाई नेपाली भूमिमा टेक्नसम्म नदिने हाम्रो पुर्खाको वीरत्वसँग जोडिएको हाम्रो इतिहासलाई हामी सन्ततिहरूले नै अक्षुण राख्न सकेनौं । यो हाम्रो निरीहता हो । सधैं अर्काको कारण निरीह नै भइरहने कि आफूमाथि उठ्ने ? भन्ने निर्णय पनि अब हामी आफैंले गर्नुपर्छ ।
२३ जिल्लाको ७१ स्थानमा हाम्रो भूमि अतिक्रमित भइसकेको छ । यो क्रम अझै बढी रहेको छ । अतिक्रमणको कारण मातृमूमि खुम्चिरहेको छ । नेपाली भूमि नै विदेशी भूमिमा परिणत भएको छ । नेपाली नागरिक नै विदेशी बन्दै छन् । नेपाली भूमिमा विदेशीले स्थायी संरचना निर्माण गर्दा हामी मुकदर्शक बन्दै छौं । यो अवस्थालाई दृष्टिगत गर्दा विगत ५० वर्षदेखि नेपालमा सरकार नभएको अनुभूति हुन्छ । तर, यथार्थता त त्यो होइन नेपालमा सरकार छ । तर, वास्तविक सरकारको दायित्व सम्पादन गर्न नसक्ने असक्षम सरकार छ भन्नुपर्दा हाम्रो शिर झुक्छ । अहिले सम्पूर्ण नेपाली यस्तै निरीह अवस्थामा पुगेका छौं । यसको कारकतत्व पनि सत्तासिन व्यक्तिको सत्ता स्वार्थ नै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)