मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्तमान सरकार जनताप्रति उत्तरदायी छः अध्यक्ष नेपाल

nepalipatra.com · Sun Nov 21 05:37:18 GMT 2021

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन् । एकीकृत समाजवादी तनहुँ–काठमाडौँ सम्पर्क मञ्चद्वारा शनिबार आयोजित भेलामा उनले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको बताए ।

अध्यक्ष नेपालले पाँच दलको एकता बलियो रहेको भन्दै गठबन्धनलाई कसैले भत्काउन नसक्ने ठोकुवा गरे । उनले राष्ट्रियसभा तथा उपनिर्वाचनमा गठबन्धनले साझा उम्मेदवार उठाएर सबै स्थानमा विजय हासिल गर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)