इनड्राइभ नेपालद्वारा ड्राइभर पार्टनरलाई सशक्त बनाउन सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक
ictsamachar.com

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सुरक्षित यात्रालाई थप सुदृढ बनाउने उद्देश्यका साथ 'सेफ ड्राइभिब अनलाइन कोर्स' सार्वजनिक गरेको छ । मोबाइलमै सहज रूपमा अध्ययन गर्न मिल्ने गरी तयार गरिएको योसंरचित तालिम कार्यक्रमले ड्राइभर पार्टनरहरूलाई सडकमा तथा प्रत्येक यात्रामा सुरक्षित रूपमा अघि बढ्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्ने लक्ष्य लिएको छ ।
यो सेफ ड्राइभिब अनलाइन कोर्स हाल सञ्चालनमा आइसकेको छ भने धेरै चालकहरूले कोर्स पूरा गरिसकेका छन् । अब यो कोर्स नेपालभरिका १ लाखभन्दा बढी इनड्राइभ चालकहरूसम्म पुर्याउने लक्ष्य राखिएको छ । चालकहरूको सहजतालाई ध्यानमा राखेर तयार गरिएको कोर्स ड्राइभर पार्टनरहरू निरन्तर यात्रामा रहने यथार्थलाई ध्यानमा राख्दै इनड्राइभ नेपालले यो कोर्स छोटो, व्यवहारिक र सजिलै पहुँच योग्य बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)