जोकोभिचलाई स्तब्ध पार्दै अल्कारेज च्याम्पियन
ekantipur.com · Mon Jul 17 00:31:17 GMT 2023
काठमाडौँ — विश्व नम्बर १ स्पेनी खेलाडी कार्लोस अल्कारेजले नोभाक जोकोभिचलाई पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा पराजित गर्दै आइतबार विम्बल्डन २०२३ को उपाधि जितेका छन् । अल इंग्ल्यान्ड कोर्टमा भएको फाइनलमा अल्कारेज १–६, ७–६ (८/६), ६–१, ३–६ र ६–४ ले विजयी रहे ।
पहिलो सेट गुमाएयता २० वर्षीय अल्कारेजले उत्कृष्ट पुर्नआगमन गर्दै पाँचौं तथा अन्तिम सेटमा खेल जितेका हुन् । उनले विम्बल्डनको उपाधि जितेको यो पहिलो पल्ट हो । उनको यो दोस्रो ग्रान्ड स्लाम उपाधि हो । यसअघि उनले गत वर्ष यूएस ओपनको उपाधि जित्दै नम्बर १ स्थान कब्जा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)