मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन शीतल निवासमा छलफल जारी

ekantipur.com · Thu Sep 11 19:04:18 GMT 2025

काठमाडौँ — जारी संकटलाई निकास दिन राष्ट्रपति कार्यालय शीतल निवासमा अहिले पनि छलफल जारी छ । जसमा प्रधानसेनापति,राष्ट्रपति र आन्दोलनरत जेन–जी समूहबाट नयाँ सरकारको नेतृत्वका लागि सिफारिस भएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसहित केही कानुनविद् पनि रहेको बुझिएको छ ।

स्रोतका अनुसार शीतल निवासमा संविधान अनुसार कसरी बाधा अड्काउ फुकाउने विषयमा कुरा भइरहेको छ । संविधान धारा ६१ (४) मा बाधा अड्काउ फुकाउको व्यवस्था गरिएको छ । धारा ६१ (४) मा ‘संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनिएको छ । यो विषयमा राष्ट्रपतिलाई भीमार्जुन आचार्य र विपिन अधिकारीले पनि सुझाव दिएका थिए । राष्ट्रपति सकभर संसद् विघटन नगरी अगाडी जान खोजेपनि जेन–जी समूहका प्रतिनिधि भने संसद् विघटन नै गरेर जानुपर्ने अडानमा देखिएका छन् । संविधानको विद्यमान व्यवस्थाअनुसार प्रधानमन्त्री हुन पहिलो सर्त नै प्रतिनिधिसभा सदस्य हुनुपर्छ । पूर्व प्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउन आपत्ति नभए पनि राष्ट्रपति पौडेलले सांसद नभएको व्यक्तिलाई कुन प्रक्रियाबाट नियुक्ति गर्ने भन्ने सवालमा संविधानविद्सँग लामो परामर्श गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)