मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी

nepalnews.com · Thu Oct 22 09:47:00 GMT 2026

जोहानेसबर्ग। दक्षिण अफ्रिकाका दुई सहरमा दूषित पानीका कारण ५०० भन्दा बढी व्यक्ति बिरामी परेका छन्। प्रभावितमध्ये अधिकांश चार वर्षमुनिका बालबालिका छन्। अधिकारीहरूले सुरक्षित पानी मात्र प्रयोग गर्न आग्रह गरेका छन्।

राजधानी प्रिटोरियाको पूर्वी क्षेत्रमा ४०८ जना बिरामी परेपछि धाराको पानी प्रयोग नगर्न चेतावनी जारी गरिएको थियो। पानी प्रशोधन केन्द्रमा करिब तीन सातासम्म क्लोरिन प्रयोग नगरिँदा पानी असुरक्षित बनेको अधिकारीहरूले बताएका छन्। नियमित आपूर्तिकर्ताबाट क्लोरिन प्राप्त नभएको नगरपालिकाको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)