सोलुखुम्बुकी क्यान्सर पीडित बास्तोलालाई साढे ७ लाख रुपैयाँभन्दा धेरै सहयोग
Ujyaaloonline.com · Sun Aug 20 14:19:10 GMT 2023
काठमाण्डाै – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ की क्यान्सर पीडित मनिषा बास्तोलालाई साढे सात लाख रुपैयाँभन्दा धेरै सहयोग प्राप्त भएको छ ।
खर्चको अभावमा उपचारमा समस्या झेलिरहेकी २० वर्षीया बास्तोलालाई स्थानीय युवाहरू द्रोण बास्तोला र बाबुराम आचार्यले रकम सङ्कलन गरी उपलब्ध गराएका हुन् । विभिन्न व्यक्ति र सङ्घ–संस्थामार्फत सङ्कलन गरेको सात लाख ६५ हजार छ सय ६१ रुपैयाँ आज आइतवार बास्तोला उपचाररत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर हस्तान्तरण गरेको रकम सङ्कलन गर्ने बाबुराम आचार्यले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)