देउवाका दुःख : प्रचण्डको व्यवहारले विरक्त, ओलीमाथि अविश्वास
onlinekhabar.com · Sat Feb 19 17:08:10 GMT 2022
७ फागुन, काठमाडौं । प्रतिनिधिसभामा शुक्रबार पनि अमेरिकी सहयोग परियोजना एमसीसी टेबल हुन नसकेपछि नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भने, ‘शेरबहादुरजीले एमसीसी पास गराउने हो कि गठबन्धन एक रोज्नुपर्छ ।’ कोइरालाले गठबन्धन र एमसीसीमध्ये देउवाको साथमा एउटा मात्रै रहनसक्ने आकलन पनि प्रस्तुत गरे । शनिबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठको अस्पष्ट निर्णय बाहेक दलहरुको मनस्थितिमा उतिसारो परिवर्तन आएको छैन ।
कांग्रेस नेताहरुका अनुसार यही गठबन्धनको सरकार प्रधानमन्त्री देउवाको प्राथमिकता हो भने संसदबाट एमसीसी अनुमोदन गराउनु भूराजनीतिक परिबन्धले सृजना गरेको बाध्यता । देउवा सकेसम्म गठबन्धन कायम राखेर सरकारमा बसिरहुँ, एमसीसी पनि अनुमोदन होस् भन्न चाहन्छन् । तर परिस्थिति कोइरालाले भनेझैं दुई मध्ये एउटा रोज्नुपर्ने दिशातर्फ उन्मुख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
केपी शर्मा ओली
एमसीसी
माओवादी केन्द्र
पुष्पकमल दाहाल प्रचण्ड
नेपाली कांग्रेस
प्रधानमन्त्री देउवा
नेकपा एमाले
सभामुख सापकोटा
माधवकुमार नेपाल