बाइक राइडरमाथि ठगी गर्ने म्यानपावरको इजाजतपत्र खारेज
ekantipur.com · Thu Aug 10 01:02:16 GMT 2023
काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) मा बाइक राइडर पठाएर कम्तीमा दुई करोड रुपैयाँ ठगी गर्ने डिलक्स एचआर सोलुसन म्यानपावरको इजाजतपत्र खारेज भएको छ । श्रमिकसँग रकम उठाई रोजगार सम्झौताअनुसार काम दिन नसकेको ठहर गर्दै वैदेशिक रोजगार विभागले बुधबार इजाजतपत्र खारेज गरेको हो । शून्य लागतमा पठाउनुपर्ने श्रमिकलाई म्यानपावरले रकम लिई दुबई ट्याक्सी कर्पोरेसन (डीटीसी) मा पठाएको थियो ।
६ महिनादेखि कामविहीन भएर स्वदेश फर्केका ३० जना बाइक राइडरले क्षतिपूर्ति माग गर्दै विभागमा म्यानपावरविरुद्ध उजुरी दिएका थिए । ‘विभागले पटकपटक ताकेता गर्दा पनि पीडित श्रमिकलाई उचित क्षतिपूर्ति मिलेन,’ विभागका महानिर्देशक मदन दाहालले कान्तिपुरसँग भने, ‘पीडितलाई म्यानपावरको धरौटीबाट क्षतिपूर्ति उपलब्ध गराइनेछ । म्यानपावरलाई एक लाख रुपैयाँ जरिवाना तोक्ने र दर्ता खारेज गर्ने निर्णय भएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)