बालेन सरकारलाई मध्यपूर्वबाट चेतावनी घन्टी
barnanmedia.com · Thu Oct 22 09:41:39 GMT 2026

नेपाली श्रमिकको ठूलो उपस्थिति रहेको मध्यपूर्वमा बढ्दो तनावले नेपालको अर्थतन्त्र र वैदेशिक रोजगारीको भविष्यलाई जोखिममा पारेको छ । अर्कोतिर, युरोपका विभिन्न देशमा महँगी, बेरोजगारी र युवाहरूको भविष्यप्रतिको चिन्ताले जनअसन्तुष्टि बढाइरहेको छ । यी घटनाक्रम नेपालका लागि टाढाका समाचार मात्र होइनन्, गम्भीर चेतावनी पनि हुन् ।
मध्यपूर्वका विभिन्न देशमा करिब १७ लाख नेपाली कार्यरत रहेको अनुमान छ । उनीहरूले पठाउने रेमिट्यान्स लाखौँ परिवारको जीविकोपार्जनको आधार हो । यसको महत्त्व परिवारको खर्च धान्नमा मात्र सीमित छैन । नेपालको विदेशी मुद्रा सञ्चिति, आयात भुक्तानी र समग्र अर्थतन्त्रलाई समेत यसले ठूलो सहारा दिएको छ । रेमिट्यान्स नेपालको कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा पनि निकै ठूलो हिस्सा ओगट्ने आयस्रोत हो । मध्यपूर्वको द्वन्द्व लम्बिए तेलको मूल्य, हवाई यातायात, रोजगारी र रेमिट्यान्सको प्रवाह प्रभावित हुन सक्छ । त्यसको प्रत्यक्ष असर नेपालमा समेत पर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)