सेलकम बन्यो नेपाल आइडलको भोटिङ पार्टनर
ratopati.com
भुक्तानी सेवा प्रदायक सेलकम प्रालि सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन–४ को आधिकारिक भोटिङ पार्टनर नियुक्त भएको छ । आइडलका प्रतियोगीहरूलाई नेपालभित्र सेलपेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिने सेलकमले जानकारी दिएको छ ।
सेलपेबाट भोट गर्न गुगल प्लेस्टोर या एप्पल एपस्टोरबाट सेलपे एप डाउनलोड र इन्स्टल गर्नुपर्नेछ । त्यसपछि साइनअप गरी आफ्नो बैंक खाताको लिङ्क या वालेट लोड गर्नुपर्नेछ । भोटिङ आइकनमा क्लिक गरी आफूलाई मन परेको प्रतियोगीको प्रोफाइलमा क्लिक गरी इच्छाइएको संख्यामा भोट गर्न सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)