पाल्पामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
ekantipur.com · Mon Aug 28 00:52:29 GMT 2023
पाल्पा — पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तानसेन–रिडी तम्घास सडक खण्ड अन्तर्गत पाल्पको तानसेन नगरपालिका–१४, अर्गलीस्थित पुरानो गाउँमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका–२, का ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको हो ।
जोर्तेदेखि अर्गलीतर्फ जाँदै गर्दा भएको दुर्घठनामा मोटरसाइकलको पछाडी बसेका पश्चिम नवलपरासीको सराबल गाउँपालिका–१, का २८ वर्षीय प्रकाश थारु घाइते भएको प्रहरी नयव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)