मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन घन्टाभन्दा लामो समयदेखि के छलफल चलिरहेछ शीतल निवासमा ? 

ekantipur.com · Thu Sep 11 20:03:43 GMT 2025

काठमाडौँ — शीतल निवासमा जारी छलफल तीन घन्टाभन्दा लामो समय भइसक्दा पनि निष्कर्ष निस्कन सकेको छैन । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलका अलावा प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच छलफल जारी छ । शीतल निवासमै कानुनविद् ओमप्रकाश अर्याल पनि रहेका छन् ।

स्रोतका अनुसार शीतल निवासमा संविधानको धारा ६१ (४) मा रहेको बाधा अडाकाउ फुकाउको व्यवस्थामै लामो छलफल भइरहेको बुझिएको छ । यसमा 'संविधानको पालना र संरक्षण गर्नु राष्ट्रप्रमुखको प्रथम कर्तव्य रहेको मानिनेछ' उल्लेख छ । यो विषयमा राष्ट्रपतिलाई भीमार्जुन आचार्य र विपिन अधिकारीले पनि सुझाव दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)