नेपाली संघ एनआरएनएको एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक (कार्यतालिकासहित)
barnanmedia.com · Wed Apr 23 22:48:00 GMT 2025

गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले बुधबार वैशाख २१ गते निर्वाचन गराउने गरी कार्यतालिका सार्वजनिक गरेको हो । एनआरएनएको एकता महाधिवेशन भने वैशाख २० देखि २२ गते (मे ३–५) सम्म काठमाडौँमा भौतिक रुपमा सम्पन्न हुँदैछ ।
निर्वाचन तालिकाअनुसार मतदाता प्रथम नामावली प्रकाशन वैशाख १२ गते गरिनेछ भने १५ गते नामावलीमाथि दाबी विरोध तथा सोही दिन अन्तिम नामावली प्रकाशित गरिनेछ । निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त गोपालकृष्ण घिमिरेका अनुसार मनोनयन दर्ता वैशाख २० गते हुनेछ भने त्यसमाथि दाबी विरोध र अन्तिम नामावली प्रकाशित गरेर २१ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म हायात रिजेन्सी होटलमा मतदान हुनेछ । तत्पश्चात अन्तिम मतगणना गरेर अन्तिम नतिजा प्रकाशित गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)