मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अटो दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

ratopati.com · Thu Oct 22 10:49:47 GMT 2026

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बुधबार दिउँसो ब्रेक फेल भएर अटो अनियन्त्रित भई दुर्घटना भएको हो । भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ह ०१०५ नम्बरको अटो दुर्घटना हुँदा बकैया गाउँपालिका–५ भनौरा निवासी ४५ वर्षीय सन्तबहादुर माझी, उनकी ४० वर्षीया श्रीमती शान्तिमाया माझी र मकवानपुरगढी गाउँपालिका–१ का ८ वर्षीय सन्देश कुमार मुक्तान घाइते भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)