छायाँ सेन्टरसम्बन्धी विवादः सर्वोच्चको पूर्ण इजलासमा यी ५ प्रश्नमा हुनेछ सुनुवाइ
rajdhanidaily.com · Wed Apr 23 23:05:35 GMT 2025

काठमाडौं । काठमाडौंको ठमेलस्थित कमलपोखरी मासेर छायाँ सेन्टर निर्माण भएको विवादसम्बन्धी मुद्दाको ११ वैशाखका लागि पेशी तोकिएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासमा कमलपोखरीको ऐतिहासिक जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा गएको विषयमा यसअघि संयुक्त इजलासले उठाएका पाँचवटा विषयमा सुनुवाइ हुनेछ ।
बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल भगवान बहालअगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायाँदेवी पाण्डेका नाममा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै सो भत्काउनुपर्ने माग गर्दै २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरि श्रेष्ठलगायत १५ थान मुद्दा सर्वोच्चमा परेका थिए । १० वर्षदेखि सर्वोच्चमा विचाराधीन रहेको मुद्दामा न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । इजलासले मुद्दा पूर्ण इजलासमा पठाउनुमा पाँचवटा जटिल कानुनी प्रश्न उठाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)