जनताका मुद्दा प्राथमिकतामा राख्न निर्देशन
annapurnapost.com · Wed Aug 03 00:29:00 GMT 2022
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको बजेट र कार्यक्रमको कार्यान्वयन प्रभावकारी नभएको गुनासो गरेका छन्। सिंहदरबारमा मंगलबार सबै मन्त्री र मन्त्रालयका सचिवहरूलाई बोलाएर बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशन दिए।
संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको जानकारी लिँदै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले सरकारका कामलाई प्रभावकारी बनाउँदै जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्। मुलुकको हितलाई सर्वोपरि हितमा राखी जनताको आकांक्षालाई पूरा गर्नका लागि काम गर्न निर्देशन दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)