ओलीको पेलानले बहिष्करणमा १० भाइ !
rajdhanidaily.com · Tue Jul 16 23:03:03 UTC 2024

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पेलानले ‘१० भाइ’को हरिबिजोग छ । ओलीले ‘१० भाइ’लाई पार्टी, संसदीय मोर्चादेखि सरकार कतै पनि राम्रो अवसर नदिई पेलेरै राखेका छन् । विगतमा ओलीको गलत कार्यशैलीको कडा आलोचना एवं विरोध गरेकै कारण उनीहरू अवसरबाट वञ्चित हुँदै आएका हुन् ।
एमालेभित्र १० भाइका रूपमा रहेको समूहमा डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीम आचार्य, अमृत बोहोरा र रघुजी पन्तलाई चिन्ने गरिन्छ । १० भाइका रूपमा चिनिने यी नेताहरू तत्कालीन नेकपाभित्र माधवकुमार नेपाल समूहका नेता थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)