नबिल बैंक लगातार तेस्रो पटक गोल्ड अवार्डसहित तीन प्रतिष्ठित सम्मानबाट विभूषित
arthadabali.com · Wed Jul 01 06:55:04 GMT 2026

काठमाडौँ / नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने निजी क्षेत्रका बैंकतर्फको उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड लगातार तेस्रो पटक प्राप्त गरेको हो।
यससँगै, बिपिए (Best Presented Annual Report) पुरस्कारको इतिहासमै पहिलो पटक समावेश गरिएका कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड र सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड विधामा पनि नबिल बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)