धनगढीमा उपचाररत कोरोना संक्रमितको मृत्यु
swasthyakhabar.com · Wed Jun 17 17:15:00 UTC 2020
धनगढी- सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको बुधबार साँझ मृत्यु भएको छ। अस्पतालका प्रवक्ता डा जगदीशप्रसाद जोशीका अनुसार गोदावरी नगरपालिका–४ का ४६ वर्षीय कोरोना संक्रमितको बुधबार साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको हो।
चिकित्सकले उनलाई कडा खालको निमोनियासँगै कोरोनाको संक्रमणबाट मृत्यु भएको बताएका छन्। चिकित्सकका अनुसार उनलाई कोरोनाको लक्षण देखिएको १२ दिनभन्दा बढी भइसकेको थियो। उनी बस मालिक हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)