पातञ्जल योग समिति नेपालको नेतृत्वमा योग गुरु बालमुकुन्द सुवाल
kalakarmi.com · Tue Sep 21 23:51:57 GMT 2021
काठमाडौं– पातञ्जल योग समिति नेपालको दोस्रो महाअधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले योग गुरु बालमुकुन्द सुवालको नेतृत्वमा ५१ केन्द्रीय पदाधिकारी एवं सदस्य चयन गरेको छ ।
भक्तपुरमा सम्पन्न महाधिवेशनले समितिको केन्द्रीय वरिष्ठ उपाध्यक्षमा राजभक्त श्रेष्ठ, महिला उपाध्यक्षमा जानुका भट्टराई, महासचिवमा नवराज काफ्ले र कोषाध्यक्षमा गीताप्रसाद नेपालसहित ५१ जनाको केन्द्रीय नेतृत्व चयन गरेको महासचिव काफ्लेले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)