डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
ratopati.com · Wed Feb 26 18:38:00 GMT 2025

भक्तपुर । महाशिवरात्रि पर्वका अवसरमा बुधबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एकैदिन ६० हजार दर्शनार्थीले पूजा एवं अवलोकन गरेका छन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतकाअनुसार बुधबार बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुल्ला गरेर मन्दिर प्रवेश गराई महादेवको शिलामै पूजा गर्ने व्यवस्था गरिएको थियो ।
महाशिवरात्रिको दिन भक्तजनलाई एक हजार १०० मा पूजा सामग्रीसहित पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको थियो । नेपाली र भारतीय पर्यटकले डोलेश्वरमा ६० हजारभन्दा बढीले पूजा एव दर्शन गरेको महासचिव बस्नेतले बताए । रातभर मन्दिर परिसरमा धुनी बाल्ने, मध्यरातिदेखि विशेष पूजा गर्ने र बिहीबार ९आज० बिहान ४ बजे साधुसन्तका लागि पूजाको व्यवस्था गरिएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)