मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आर्कटिक सुरक्षामा बेलायतलाई चुनौती

ratopati.com · Thu Oct 22 12:00:52 GMT 2026

काठमाडाैँ। बेलायतले रणनीतिक रूपमा महत्वपूर्ण आर्कटिक क्षेत्रको सुदूर उत्तरमा रूसको सैन्य गतिविधिको सामना गर्न आवश्यक नौसैनिक क्षमतामा ‘स्पष्ट खाडल’ रहेको सांसदहरूले चेतावनी दिएका छन्।

बिहीबार सार्वजनिक गरिएको संसदीय प्रतिवेदनअनुसार, आर्कटिक र उत्तरी एट्लान्टिकका केही भाग समेट्ने ‘हाई नर्थ’ क्षेत्र बेलायतको रक्षा तथा सुरक्षाका लागि झन् महत्वपूर्ण बन्दै गएको छ। जलवायु परिवर्तनका कारण बरफ पग्लिँदै जाँदा यस क्षेत्रमा पहुँच सहज भएको छ। रूसले यही क्षेत्रमा आफ्ना आणविक पनडुब्बीहरू तैनाथ गर्दै आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)