मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेस युनियन युरोपको अध्यक्षमा कँडेल

barnanmedia.com · Tue Jul 16 22:59:21 UTC 2024

काठमाडौँ, २ साउन : नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम अधिवेशनले सञ्जयभक्त कँडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

शाखाको आइतबार भर्चुअलरूपमा सम्पन्न अधिवेशनले कँडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सिद्धार्थविक्रम क्षेत्री, उपाध्यक्षमा विकास लम्साल, भरत प्रधान र सविना श्रेष्ठ चयन हुनुभएको छ । अधिवेशनले शाखाको महासचिवमा प्रवल भट्टराईलाई चयन गरेको छ भने उपमहासचिवमा प्रतीक लामिछाने चयन हुनुभएको छ । यस्तै सचिवमा मिलन शर्मा र कोषाध्यक्षमा सुजन पराजुलीलाई सर्वसम्मत चयन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)